Duration 15:13

शाही युवा शक्तिको सरकारलाई चेतावनी- हिम्मत भए पुर्वराजालाई जेल हालेर देखाउ,हजारौंले गरे प्रदर्शन

166 watched
0
0
Published 30 Dec 2018

स्व राजा विरेन्द्रको ७४औं जन्मजयन्तीका अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत मोटरसाइकल र्याली निकालेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाइकल र्याली जाउलाखेलमा रहेको बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।मोटरसाइकल र्यालीमा १ हजार भन्दा धेरै मोटरसाइकल सहित युवाहरु सहभागी भएका थिए । र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ भन्दै गणतन्त्र विरोधी नारा लगाएका थिए।विरेन्द्रको शालीकमा माल्र्यापण गरे पछि भएको कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले यहि पुष २७ गते हजारौ जनताको साथ सिंहदरबारमा भएका नेतारुपी भेडाहरुलाई बिस्थापन गरी राजसंस्था फर्काउने उद्धघोष गरेका छन्।खड्काले संसदमा शुक्रबार मात्रै पुर्व राजा ज्ञानेन्द्रको गतिविधी माथि प्रतिबन्ध लगाई नजरबन्दमा राख्नु पर्छ भन्ने आवाज उठेको भन्दै आँट भए आफुलाई जेल हालेर देखाउन चुनौती दिए।राजालाई जेल हाल्ने दिवा सपना नदेख्न पनी खड्काले चेतावनी दिएका छन्। कार्यक्रममा बोल्ने सबै बक्ताहरुले गणतन्त्रको दिनगन्ती सुरु भैसकेको भन्दै सरकारको आलोचना गरेका थिए। कार्यक्रमको जानकारी भिडियोमा प्रस्तुत गरिएको छ। #Sahi_yuba_Shakti #Nabodit_TV #Former_King_Gyanendra

Category

Show more

Comments - 0