Duration 45:00

यसपालीको महाधिवेसनबाट सबै बुढा नेतालाई बिदाई । TOUGH talk Exclusive with Gagan Thapa

96 805 watched
0
2.1 K
Published 6 Aug 2020

कोरोना भाइस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि चार महिना लकडाउन भयो, तर त्यसबीचमा सरकारले खासै धेरै परिक्षण र कन्ट्याक्ट ट्रेसिंग गर्न नसकेका कारण लकडाउन खुल्नासाथ संक्रमितको संख्या ह्वात्तै बढेको छ । मृतक र संक्रमितको संख्या बढ्दा अहिले कोरोनाका लागि डेडिकेटेड अस्पताल भरिएका छन् । कोरोना भाइरसको संक्रमण देखिएको करिब ८ महिनासम्म पनि संक्रमण बढेको अवस्थामा के गर्ने भन्नेमा अझै हाम्रा सरकारी संयन्त्रहरु अन्योल देखिनु बिडम्बना हो । अनि नेतृत्वमा बस्ने राजनीतिक दल, नेता देखि जनस्वास्थ्यविद्हरु चाँही फेरी सामाजिक जीवन नै अस्तव्यस्त हुने खालको लकडाउनलाई मात्र संक्रमण नियन्त्रणको एउटा अचुक उपायको रुपमा सुझाव दिइरहेका छन् । उता कोरोना संक्रमण नियन्त्रणका लागि भएका प्रयासहरु अपर्याप्त नभएको भन्दै केही युवाहरुले सडक प्रदर्शन देखि आमरण अनसन गरिरहेका छन् । तैपनि सरकार र राजनीतिक दलहरु कोराना नियन्त्रणका प्रभावकारी उपाय तथा युवाहरुले राखिरहेका मागप्रति खासै चासो दिइरहेका छैनन् । यो बेला नेपालका ठूला राजनीतिक दल, सत्तारुढ नेकपा देखि प्रमुख प्रतिपक्षि दल काग्रेस समेतलाई जनता होइन आफ्नो पद प्यारो छ । सरकार भ्रष्टाचारमा लिप्त छ । यस्तो संवेदनशिल अवस्थामा समेत सत्ता र प्रतिपक्षी दल दुबै खुलेआम आ आफ्नो दुनो सोझ्याउने दाउमा छन् । नेकपाभित्र सरकार ढाल्ने र जोगाउने कोठे बैैठकहरु गर्दैमा नेताहरुलाई फुर्सद छैन । उता विपक्षी दल काग्रेसमा केही महिनापछि हुने महाधिवेशनबाट नेतृत्व कसरी हत्याउने भन्ने महाभारत चलिरहेको छ । कोरोना महामारी नियन्त्रणमा कहाँ के कमजोरी भए ? स्वास्थ्य संस्थाहरुमा बर्षेनी अरबौको लगानी भइरहँदा पनि संकटमा बेलामा किन काम गर्न नसक्ने अवस्था आयो ? कोरोना भाइरस नियन्त्रणका क्रममा राजनीतिक नेतृत्वबाट भइरहेको कमजोरीमाथि युवाहरुले गरिरहेको खबरदारीको किन सुुनवाई भइरहेको छैन ? सडक प्रदर्शन र आमरण अनसन बस्दा पनि राजनीतिक नेतृत्वलाई किन युवाहरुका मागप्रति चासो लाग्दैन ? अनि, यस्तो संवेदनशिल अवस्थामा जनताका लागि काम गर्छौ भन्ने राजनीतिक दलहरु चाही आफ्नै पद, शक्ति र सत्ताको पछि मात्र किन लागिरहेका छन् ? यस्तै समग्र प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, देशको स्वास्थ्य मन्त्री समेत रहिसक्नु भएका काग्रेसका युवा नेता एवं सांसद गगन थापा । आउनुहोस स्वागत गरौ, आजका मेरा अतिथी, युवा आन्दोलनबाटै नेतृत्वमा आउनुभएका, झण्डै १० महिना स्वाथ्यमन्त्रीको रुपमा काम गरिसक्नु भएका र राजनीतिक नेतृत्वमा युवापुस्ताले हस्तक्षेप गर्नुपर्छ भन्ने धारणा राख्ने काग्रेस नेता गगन थापालाई । TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television. #TOUGHtalk #DilBhusanPathak #GaganThapa Follow us for regular updates in: Facebook: https://www.facebook.com/ToughTalk/ Twitter: https://twitter.com/DilBhusanPathak Instagram: https://www.instagram.com/dil_bhusan_pathak/ Youtube: /user/toughtalk1 Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes Instagram: https://www.instagram.com/dil_bhusan_pathak/

Category

Show more

Comments - 378